Rule 24
सुत्केरीलाई थप सिधा सम्बन्धी व्यवस्था
छानबिन तथा अनुसन्धान केन्द्र तथा कारागारमा थुनिएका जनाना थुनुवा वा कैदी सुत्केरी भएमा सुत्केरी उतार्न नियम २३ बमोजिम दिइने सिधा बाहेक सुत्केरी हुनु तीस दिन अघिदेखि सुत्केरी भएको मितिले साठी दिनसम्म देहायबमोजिम थप सिधा र सामान दिइनेछ –
(क)मसिनो चामल प्रतिदिन सातसय ग्राम,
(ख) घ्यू प्रतिदिन एकसय ग्राम,
(ग) खाने तेल प्रतिदिन एकसय मिलिलिटर,
(घ) ज्वानो प्रतिदिन पचास ग्राम,
(ङ) कोरा कपडा एक सुत्केरी अवधिको लागि दश मिटर,
(च) साधारण राडी एक सुत्केरी अवधिको लागि एक थान,
(छ) एक सुत्केरी अवधिको लागि नगद दुई हजार रुपैंयाँ ।